
काठमाडौं, भदौ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले ठूलो रकमको भ्रष्टाचार सरकारको संलग्नता विना सम्भव नहुने बताएका छन् ।
बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा उनले ५० करोड रुपैयाँभन्दा बढीको घोटाला सरकारको स्वीकृतिमै हुने गरेको दाबी गरे ।
भ्रष्टाचारका ठूला काण्डहरुमा सरकार र प्रतिपक्षीले कुनै प्रश्न नगर्ने उनको भनाइ थियो । सरकारमा रहेकाहरुले आफ्नो अहंकार प्रदर्शन गर्दै संविधानप्रतिको दायित्व पूरा नगर्ने हो भने लोकतन्त्र खतरामा पर्र्ने पनि उनले औंल्याए ।
कार्यक्रममा कांग्रेसका नेता प्रदीप गिरिले नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परिरहेको बताए । संसदभित्र विभिन्न विषयमा विवाद हुने गरेको र सर्वोच्च अदालतले समेत त्यस्ता विषयलाई टुङ्ग्याउन नसकेको भन्दै उनले संसदप्रति जनताको विश्वास घटेर जाने खतरा बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्