
काठमाडौं, फागुन १६ । नेपालमा आइतबार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।
देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्