Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


दिशा छुट्याउनै गाह्रो भएपछि हातमै लेफ्ट–राइटको ट्याटु


0
Shares

एजेन्सी । सामान्यतया ट्याटु बनाउँदाका विभिन्न रोचक जानकारीहरू मिडियामा आइरहेका हुन्छन् । कहिले ट्याटु खोप्जे स्थान र कहिले ट्याटुको रङको विषयलाई लिएर चर्चा भइरहने गरेको छ । यसैक्रममा एउटी महिलाले हातमा लेफ्ट (बायाँ) र राइट (दायाँ) लेखेको ट्याटु खोपाइन् ।

अस्ट्रेलियाको क्यानबराकी एक छात्रा डिकोडिया ल्यानले आफ्नो बायाँ हातमा ‘एल’ र दायाँ हातमा ‘आर’को आकृति लेख्दै ट्याटु खोपाएकी छन् । यो जानकारी उनले आफ्नो इंस्टाग्राममा पनि दिएकी छन् । डेलिमेलको एक रिपोर्टका अनुसार दिशाको विषयमा भ्रम पैदा भएपछि पहिचान गर्न सहज होस् भन्ने सोचले डिकोडियाले हातमै ट्याटु बनाएकी हुन् ।

डिकोडियाले आफ्नो शरीरमा पनि कैयौं ट्याटु बनाएका छन् । उनको इंस्टाग्रामका अनुसार उनी ट्याटुको एकदमै शोखिन भन्ने बुझ्न गाह्रो हुँदैन । अहिले उनी लेफ्ट–राइटवाला ट्याटुलाई लिएर एकदमै चर्चामा छिन् । ट्याटु आर्टिस्ट लोरेन विङ्जले उनको ट्याटुको तस्वीर पोस्ट गरेपछि उनी सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् ।