काठमाडौं, भदौ २८ । संस्कृतिविद् डा. गोविन्द टण्डनले लेखेको पुस्तक ‘नेपालमा गुठी व्यवस्था’को लोकार्पण गरिएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा जोशीले गुठीसम्बन्धी विषयलाई समेटिएको पुस्तक जानकारीमूलक रहेको बताए ।
उनले गुठी नेवार समुदायकोमात्र नभइ सबैको भएको भन्दै विगतमा राज्य व्यवस्थापनमासमेत गुठीको भूमिका रहने गरेको बताए ।
वि.सं. २०४२ सालमा प्रथमपटक प्रकाशित डा. टण्डनको उक्त पुस्तक २०५२ सालमासमेत संशोधन गरी प्रकाशित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्