कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा • Image Khabar Image Khabar


कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १५:२१

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा

विवेक खड्का (इमेज)

दाङ, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् ।

शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पारे ।

‘कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको छैन । त्यसैले राजा फर्कने कुरै छैन’–उनले भने ।

‘कांग्रेस चुप लागेर बस्दैन’

जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको उनको भनाइ थियो ।

सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

उनले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

‘प्रहरी डराउन हुँदैन’

प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै सभापति देउवाले गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए ।

‘वाइडबडी’ जहाज प्रकरणमा आफ्नो संलग्नता छ भन्नु आफैंमा मजाग हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्