ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल • Image Khabar Image Khabar


ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १०:५८

ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल

-प्रकाश नेपाल/ईमेज

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालन गरुन्जेल आफू अध्यक्ष नै रहने बताएका छन् ।

आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

छलफल र सहमतिले नै पार्टी एकीकरण भएको भन्दै अब पनि सहमतीकै आधारमा आफू अध्यक्ष भएर नै पार्टी चलाउने बताएका छन् ।

उनले सहमति अनुसार अघि बढ्ने बताए । पार्टी एकीकरणको कामले गर्दा सरकारप्रति जनताको गुनासो आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले जनतालाई निरास नबन्न आग्रहसमेत गरेका छन् ।

अध्यक्ष दाहालले जनचाहना र भावना अनुसार अघि बढ्ने सरकार कुनै पनि हालतमा प्रेस विरोधि हुन नसक्ने समेत बताए ।

नेपकाका अध्यक्ष दाहाल कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि हिजो इलाम आएका थिए । 

प्रतिक्रिया दिनुहोस्