२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पार्टी एकताले विश्वमै तरंग : दाहाल


0
Shares

इलाम, भदौ २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले विश्वमै तरङ आएको दाबी गरेका छन् ।

शुक्रबार इलाममा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकीकरण अन्तिम चरणमा पुगेकाले अब तल्लो तहलाई सुदृढ गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अझै पनि नेपालका कम्युनिस्टहरुले सचेत भएर लाग्नुपर्ने अवस्था रहेको बताए ।

यस्तै, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान संविधान नै पूर्ण रहेको भन्दै यसको विकल्प सोच्न नसकिने बताए ।