Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


लोकतन्त्र र संविधान विरोधीहरुलाई सत्ताको नेतृत्व गर्ने नैतिकता छैन्ः जोशी


26
Shares

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेकपा नेतृत्वमा बनेको कम्युनिष्ट सरकारले जनमत गुमाएको बताउनु भएको छ ।

प्राप्त उपलब्धिपछि समृद्धिको यात्रा तय गर्नुपर्ने बेला संविधानमाथि नै पटक पटक प्रहार गरि देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएपनि त्यसलाई रोकेर सर्वोच्च अदालतले संविधानको सर्वोच्चता कायम गरेको बताउनुभयो ।

कांग्रेस काठमाडौं १५ नगरकमिटिद्धारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले यस्तो बताउनु भएको हो ।

‘सरकार गठन भएदेखि नै यो सरकार केन्द्रीकृत र स्वच्छेचारी थियो, उहाँले भन्नुभयो, अप्राकृतिक रुपमा भएको गठबन्धन फुट्नु स्वभाविक हो ।’

जोशीले लोकतन्त्र र संविधान विरोधीहरुलाई सत्ताको नेतृत्वमा आउन नैतिकताले नदिने औल्याउनुभयो ।

दुईतिहाइ मत दिएको जनताको विश्वास माथि विश्वासघात गर्नेहरुलाई आगामी निर्वाचनबाट जनताले परास्त गर्ने उहाँको दावी छ

उहाँले भन्नुभयो, ‘तत्काल संसद आव्हान गरेर संसद भित्रैबाट संविधान अन्तरगत स्थानीय निर्वाचन अगाडि नै ताजा जनमतका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

अर्को प्रशंगमा जोशीले पार्टीले स्पष्ट धाराणा तय गर्दै आगामी भदौमा महाधिवेशन सम्पन्न गरि निर्वाचनको तयारीमा कांग्रेस जुट्नुपर्ने बताउनु भयो ।

संविधान पूनर्स्थापनका लागि पार्टीका नेता कार्यकर्ता र आम सर्वसाधारणको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले सबैलाई धन्यवाद समेत दिनुभयो ।