Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पूर्वपत्नीलाई घरायसी काम गराएवापत ८ हजार अमेरिकी डलर क्षतिपूर्ति दिन अदालतको आदेश


0
Shares

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्वपत्नीलाई घरायसी काममा लगाएवापत क्षतिपूर्ति स्वरुप झन्डै ८ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

पारपाचुके गरिसकेकी ती महिललाले क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगतै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् । यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुनअनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दावी गर्न सक्नेछन् ।

पूर्वपत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताएकी थिइन् । उनको पूर्वपति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दावी छ ।

अदालतको आदेशमा भनिएको छ, वाङले घरायसी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति माग्नु भएको छ । अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब ८ हजार डलर आदेश दिएको छ ।

स्थानीय सञ्चारमाध्यमले वाङले अदालतको आदेशविरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कामको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचारविमर्श भएको छ । राजधानी