विहे गरी नेपाल आएका विदेशी महिलालाई ७ बर्ष र पुरुषलाई १५ बर्षपछि नागरिकता • Image Khabar Image Khabar


विहे गरी नेपाल आएका विदेशी महिलालाई ७ बर्ष र पुरुषलाई १५ बर्षपछि नागरिकता


Imagekhabar
२७ भाद्र २०७६, शुक्रबार १३:१९

विहे गरी नेपाल आएका विदेशी महिलालाई ७ बर्ष र पुरुषलाई १५ बर्षपछि नागरिकता

काठमाडौं । संसदको राज्य व्यवस्थामा अंगीकृत नागरिकताका विषयमा बहस चलिरहेको छ । निरन्तर छलफल चलिरहेको छ ।

सरकार र राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयले नयाँ प्रस्ताव समेत तयार पारिसकेको छ । यद्यपी, नागरिकता सम्बन्धी विधेयकमा अंगीकृतका बारेमा सहमति भने जुट्न सकिरहेको छैन ।

नागरिकता सम्बन्धी छलफलका आधारमा बनेको पछिल्लो प्रतिवेदनले वैवाहिक अंगीकृत नागरिकताका लागि महिला र पुरूषलाई छुट्टाछुट्टै कानुनी व्यवस्था सिफारिस गरेको छ ।

नेपाली पुरूष नागरिकसँग विहे गरी आएका महिलाले यहाँको नागरिकता लिन चाहेमा ७ वर्ष बसेपछि अंगीकृत नागरिकता दिने र नेपाली महिलासँग विहे गरी आएका पुरूषले भने १५ वर्षमा नागरिकता पाउने प्रस्ताव उक्त प्रतिवेदनमा गरिएको छ ।

उक्त प्रतिवेदनले विदेशी महिलाका लागि खुकुलो र विदेशी पुरूषका लागि कसिलो अर्को व्यवस्था पनि गरेको छ । विहे गरी आएका महिलालाई सात वर्षसम्मका लागि राजनीतिक बाहेक अन्य अधिकारको सुनिश्चितता हुने वैवाहिक परिचयपत्र दिने प्रस्ताव प्रतिवेदनमा छ ।

विहे गरी आएका विदेशी पुरूषलाई भने १५ वर्ष नेपालमै बसेको हुनुपर्ने, असल चालचलन भएको र नेपालमा बोलिने कुनै एक भाषा जानेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्