रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु, ४ बेपत्ता • Image Khabar Image Khabar


रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु, ४ बेपत्ता


Imagekhabar
२७ भाद्र २०७६, शुक्रबार १२:४२

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु, ४ बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङमा शुक्रबार बिहान गएको पहिरो पुरिएर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा २८ वर्षिया श्रीकुमारी बुढामगर र उनका ४ वर्षका छोरा असल बुढामगर छन् ।

घरका अन्य चार जना सदस्य भने वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

घर माथि शहीदमार्ग सडक रहेकाले उक्त सडकबाटै माटो भासिएर पहिरो जादाँ घटना भएको स्थानीयले बताएका छन्  ।

लगातारको वर्षाका कारण सदरमुकाम बाहिरका अधिकांश ग्रामिण सडकहरु पनि अवरुद्ध हुँदा सर्वसाधारणलाई यात्रा गर्न समेत कठिनाई भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्