१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


बाढीप्रभावित क्षेत्रमा जनप्रतिनिधिद्वारा अवलोकन


0
Shares

कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिले बाढीप्रभावित क्षेत्रमा भएका रोकथामका प्रयासकोे अवलोकन गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर २, ३, ११ र १२ मा नदीको कटान रोकथामका लागि रेडक्रसले गरेको जैविक तटबन्ध तथा बगर संरक्षणका प्रयासहरुको नगरप्रमुख दिल बहादुर ऐरलगायतको टोलीले अवलोकन गरेको हो ।

समुदायले गरेको कामको प्रशंसा गर्दै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले थोरै लगानीमा समुदायमार्फत जैविक तटबन्ध निर्माणले बगरको संरक्षणसँगै समुदायलाई जीविकोपार्जनका लागि सहयोग पुगेको बताए ।

नगरपालिकाले आगामी दिनमा नगरका बाढी प्रभावित सबै वडाहरुमा जैविक तटबन्ध निर्माणको कामलाई अगाडी बढाउने उनले जानकारी दिए ।

रेडक्रसले बाढी प्रभावित क्षेत्रमा विपद् व्यस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणसँगै समुदायलाई बगरबाटै जीविकोर्पाजनका लागि सहयोग गर्दै आएको छ ।

जसअन्तर्गत ५ सय बिघा बगरमा उखु खेती गरिएको छ भने ८ विघामा केरा खेती गरिएको छ ।

यस्तै, नगरपालिका तथा गाउपालिका र जल श्रोत तथा सिचाई डिभिजन कार्यालयसँग सहकार्य गरी जिल्लामा ३ हजार ५सय मिटर जैविक तटबन्ध तथा २२ वटा स्पर निर्माण गरिएको छ ।