Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


महिलालाई यौन हिसांबाट जोगाउन भारतीय नागरिकले गरे ‘लिपस्टिक गन’ को आविष्कार


0
Shares

काठमाडौं । महिलालाई यौन हिसांबाट जोगाउन सजिलो हुने भन्दै भारतीय नागरिक श्याम चौरासीयाले ‘लिपस्टिक गन’ र अन्य ग्याजेटहरूको आविष्कार गरेका छन् ।

महिलामाथि हुने यौन हिसांबाट महिलालाई जोगाउन मद्दत पुग्ने भन्दै भारतका चौरासीयले लिपस्टिक गन र अन्य ग्याजेटहरू आविष्कार गरेको दावी गरेका छन् । उनले महिलाले प्रयोग गर्ने सामग्रीहरु पर्स, लिपस्टिक, स्यान्डललगायतका ग्याजेटहरुमा गन फिट गर्ने गर्छन् । यस प्रकारको गनले बढ्दो बलात्कार तथा यौन दुव्र्यवहारबाट बच्न महिलालाई मद्दत पुग्ने उनको दावी छ ।

अलजजीरासँग कुरा गदै श्यामले भारतीय महिलालाई मात्र होइन सम्पुर्ण महिलालाई सुरक्षीत राख्न यस गनले सहयोग पुग्ने बताए। गनका विषयमा कुरा गदै स्थानीय महिला प्रियांका शर्माले महिलाको सुरक्षाको लागि यो जरुरी भएको बताईन् । गन आविष्कार भएकोमा खुशी व्यत गदै उनले आजभोली महिलामाथि यौन हिसां बढेकाले यो गन राम्रो साबित हुने बताईन ।