Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल


0
Shares

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

चितवनको भरतपुरमा शनिबार आयोजित ओली समूहको नेकपा जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

‘लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरू निर्वाचनमा जान्छन्,’ उहाँले भन्नुभयो, ‘बाहिर गरिएको हल्लाको पछि नलाग्नुस्, ढुक्स हुनुस् निर्वाचन हुन्छ ।’ निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उहाँको भनाइ छ ।

सोमबार ओली पक्षीय नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटीले ५ सय ९९ सदस्यीय कमिटी घोषणा गरेको छ । जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरूलाई सचिवालय सदस्य पोखरेलले सपथग्रहण गराउनुभएको थियो ।