थप १२५ संक्रमित, ९० जना संक्रमणमुक्त • Image Khabar Image Khabar


थप १२५ संक्रमित, ९० जना संक्रमणमुक्त


Imagekhabar
१० फाल्गुन २०७७, सोमबार १६:२८

थप १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौं, फागुन १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्