
काठमाडौं, फागुन ९ । राष्ट्रिय बिमा संस्थानको ५४ औं बार्षिक उत्सबको अवसर पारेर सँस्थानले २० थान डसबिन रु (३, हजार पर्ने) सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार फागुन ९ गते विशेष कार्यक्रमको आयोजना गरि कागेश्वरी मनोहरा स्थित निराकार फोहोर मैला सँकलन अभियानका अध्यक्षलाई उक्त २० थान डसबिन हस्तान्तरण गरेको हो१ कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा, विशिष्ट अतिथि राष्ट्रिय बिमा सँस्थानका अध्यक्ष गँगाराम कँडेल, प्रशाशक कवि प्रसाद पाठक, अतिथि रमेश पोखरेल, सुबास कोईराला, थम बहादुर रावल, कलाकार घनश्याम गौतम र पशुपती दँगाल लगायतको उपस्थिति रहेको थियो ।
बिमा सँस्थानले बार्षिक उत्सबको अवसर पारेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने कुरा रास्ट्रिय बिमा सँस्थान परिवार का तर्फ बाट सँस्थानका कर्मचारी एवम् समाज सेवी पशुपती दँगालले बताउनु भएको छ ।
सँस्थानले यहि फागुन ११ गते आफ्नो ५४ औं बार्षिक उत्सब मनाउँदै छ ।
प्रतिक्रिया दिनुहोस्