२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


८५ वर्षीय श्रीमान्, ७५ वर्षीया श्रीमतीः यी हुन् डा. केसीका समर्थक, के भन्छन् ? (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)

काठमाडौं, साउन ७ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी अनशन बसेको सोमबार २४ दिन पुगेको छ ।

सरकारी पक्षले माग सम्बोधन गर्नुको सट्टा भए/नभएका कुरा गर्दै हिँडे पनि डा. केसीको पक्षमा जनसमर्थन भने झन्–झन् बढिरहेको छ ।

कैलालीकी ७५ वर्षीया सुनमतीदेवी जोशी ११ दिन भयो, डा. गोविन्द केसीले उठाएको माग पूरा होस् भन्दै आन्दोलनमा हिँडेको ।

एक महिनाअघि काठमाडौं आएकी सुनमती गत आइतबारदेखि बसन्तपुरमा सुरु भएको रिले अनशनमासमेत बसेकी छन् ।

गरिब, पीडित जनताको सहारा नै डा. गोविन्द केसी हुन् भन्दै उनले डा. केसीले उठाएको माग पूरा होस् भन्दै समर्थन गरेको बताइन् ।

सुनमतीका ८५ वर्षीय श्रीमान् कृष्णदत्त जोशी पनि कैलालीबाट आइतबारै काठमाडौं आए ।

सुनमतीले डा. केसीको सत्याग्रहमा समर्थन जनाउन श्रीमान्लाईसमेत रिले अनशनमा ल्याइन् ।

‘यो सरकारले त मनपरी पो गर्ने रै’छ त !’ भन्दै डा. गोविन्द केसीप्रति समर्थन जनाउन रिले अनशनमा आएको कृष्णदत्तले बताए ।

डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गराउन बुद्धिजीवी वर्गदेखि नागरिक समाज, सर्वसाधारणको समर्थन बढदै आइरहेको छ ।

सरकार भने डा. केसीले उठाएका माग सम्बोधन गराउन कुनै पहल नै नगरी उल्टै आरोप–प्रत्यारोपमा उत्रिएको छ ।

अधिवक्ता सुरेन्द्र भण्डारीले सीमित व्यक्तिको स्वार्थ पूरा गर्न यो सरकार हिँड्दा आज डा. केसीको अवस्था जीवनमरणको दोसाँधमा पुगेको बताए ।

अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीलाई डा. केसीका माग पूरा गर्न नसक्ने भए सक्दिनँ भन्नसमेत सुझाव दिए ।

यस्तै, अधिवक्ता ओमप्रकाश अर्यालले प्राणको जोखिम मोलेर दुःखी, गरिबका लागि डा. केसीले चिकित्सा क्षेत्र सुधारको आन्दोलन उठाएको तर सरकार भने असहिष्णु बनेको बताए ।

चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता गर्नुबाहेक सरकारसँग अर्को विकल्प नरहेको अधिवक्ता अर्यालले बताए ।

भिडियो हेर्नुहोस्