मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई • Image Khabar Image Khabar


मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई


Imagekhabar
८ फाल्गुन २०७७, शनिबार १९:४४

मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई

पोखरा । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् ।

पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले जितेको थियो ।

दोस्रो र तेस्रो सेट तनहुँले २५–१७ र २५–२० ले आफ्नो बनायो । चौथो सेट स्याङ्जाले २५–१३ ले जित्यो त्यसपछि अन्तिम तथा पाँचौ सेटमा १५–१० को जित निकाल्दै तनहुँले उपाधिमा कब्जा जमायो ।

महिलातर्फ पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको छ । म्याग्दीले पर्वतमाथि २५–१४, २५–१४ र २५–१७ को सोझो सेटमा जित निकाल्यो ।

कास्की जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गरे ।

यस्तै उपविजेता बनेको टोलीले १–१ लाख प्राप्त गर्दा तेस्रो भएको टोलीले ५०–५० हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्