१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


कांग्रेसमाथि आरोप लगाउनुअघि आफ्नो पृष्ठभूमि सम्झन दाहाललाई शर्माको सुझाव


0
Shares

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले ‘लाशको राजनीति’ गर्न खोजेको भन्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको आरोपमा कांग्रेसले जवाफ फर्काएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार दाहाललाई आफ्नो विगत सम्झन सुझाव दिएका छन् ।

दाहालले सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त आरोप लगाएलगत्तै ट्वीट गर्दै प्रवक्ता शर्माले ‘लाशको राजनीतिको आरोप लगाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !’  भन्ने टिप्पणी गरेका हुन् ।

डा. केसीका माग सम्बोधनका लागि कांग्रेसले माथेमा कार्यदल बनाएको र अध्ययादेश ल्याएको स्मरण पनि शर्माले सत्ताधारी दलहरुलाई गराएका छन् ।

प्रवक्ता शर्माले अध्यक्ष दाहाललगायतका सत्ताधारी दलका नेताहरुलाई प्रश्न पनि गरेका छन्–‘डा. केसीले अनशन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कमरेड ?’

यो पनि पढ्नुहोस्

लाशको राजनीति गर्न चाहेको आरोप