
काठमाडौं । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत साउन १३ गतेबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन भइरहेको छ ।
अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गर्ने कार्ययोजना तयार भएको बताइएको छ ।
विभागका अनुसार वडाभित्रको जनसंख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण संकलन स्टेशन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० जनासम्मको विवरण संकलन गर्ने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्