काठमाडौं, भदौ २४ । किसानहरुको हितका लागि कृषिउपजको मूल्य निर्धारण आयोग बनाउनुपर्ने स्वतन्त्र राजनीतिक समूहले माग गरेको छ ।
हृदयेश त्रिपाठी संयोजक रहेको सो समूहको मंगलबार राजधानीमा बसेको बैठकले ६५ प्रतिशत किसान रहेको मुलुकमा किसानले आफ्नो उत्पादनको न्यूनतम् मूल्य प्राप्त गर्न नपाएको र बिचौलियाको भर पर्नुपरेको ठहर गर्दै यस्तो माग गरेको हो ।
१८ बुँदे निर्णय गर्दै बैठकले किसानका समस्या समाधान गर्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने तथा विद्यमान सामाजिक कुप्रथाहरुविरुद्ध पनि कार्यक्रम सन्चालन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्