२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


मन्त्री तामाङमाथि कारबाहीको माग


0
Shares

काठमाडौं, साउन ७ । प्रतिपक्षी दलका महिला नेत्रीहरुले कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरुमाथि गरेको टिप्पणी आपत्तिजनक भएको भन्दै घोर भर्त्सना गरेका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी महिला नेत्रीहरुले मन्त्री तामाङले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनीमाथि सख्त कारबाहीको मागसमेत गरे ।

छात्राहरुमाथि लगाइएको आरोप पुष्टि गरेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गर्दै उनीहरुले अन्यथा मन्त्री तामाङमाथि कारबाही हुनुपर्ने माग गरे ।

माग पूरा नभए सदनदेखि सडकसम्म विरोध चर्काउने पनि उनीहरुले बताएका छन् ।