
पोखरा । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पोखरामा बिच भलिबलको कोर्ट निर्माण सुरु गरिएको छ ।
फेवातालको किनारमा रहेको नेपाल ट्रष्टको जग्गामा बीच भलिबलका लागि तीन ओटा कोर्ट बनाउन थालिएको हो ।
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा निर्माण हुने यो कोर्टले पर्यटन प्रवद्र्धन गर्न समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
गण्डकी प्रदेशका सांसद राजिव पहारी, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य राजेश गुरुङ लगायतले मैदान निर्माणका लागि आवश्यक सामाग्री जुटाउने अभियान सुरु गरिसकेको बताएका छन् ।
सागकै लागि पोखरामा महिला फुटबल, क्रिकेट, आर्चरी लगायतका खेलस्थल निर्माण तथा स्तरोन्नतीको काम भईरहेको राखेप सदस्य राजेश गुरुङले जानकारी दिए ।
१३ औं साग यही डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
पोखरामा खेलिने खेलमध्ये बिच भलिबलबाट पनि नेपालले पदकको आशा गरेको छ । सागमा कुल २७ खेल समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्