Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सभामुखको हठात् निर्णयले प्रदेश सभा अनिर्णयको बन्दी भयोः विवेकशील साझा


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेश सभाका सभामुखलाई अनावश्यक दबाब सृजना गरी प्रदेश सरकार अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप लगाएको छ ।

विवेकशील साझा पार्टी वाग्मती प्रदेश संसदीय दलले बुधबार प्रदेश सभाको बैठक सभामुख सानु कुमार श्रेष्ठले हठात् रुपमा सूचना टाँसेर स्थगित गरेपछि यस्तो आरोप लगाएको हो ।

विवेकशील साझाका नेता रमेश पौड्यालले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै विगतमा कार्य परामर्श समितिद्धारा सभा सञ्चालन गर्ने कार्यविधि तय हुँदै आएकोमा अहिले सभामुखले कुनै सल्लाह नै नगरी हठात् निर्णयद्वारा एकाबिहानै अनिश्चित कालका लागि प्रदेश सभा स्थगित गर्नु अस्वाभाविक भएको जनाएका छन् ।

‘मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव उपर विना कुनै विलम्ब छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ’, पत्रमा भनिएको छ ।

लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न साझाले जोडदार मागसमेत गरेको छ ।

२०७७ पौष १० गते मुख्यमन्त्री डोर मणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको छ ।