 
	    काठमाडौं, भदौ २३ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसित छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीसित चिनियाँ विदेशमन्त्री वाङले बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीसित चिनियाँ विदेशमन्त्रीले करिब डेढ घन्टा वार्ता गरेका थिए ।
वार्तामा विदेशमन्त्री वाङले बद्लिँदो परिस्थितिअनुसार दुई देशबीचको सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू तयार रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
राष्ट्रपतिसित भेट
प्रधानमन्त्री ओलीसितको भेटलगत्तै विदेशमन्त्री वाङ राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटका लागि शीतल निवास पुगेका थिए ।
मंगलबारको कार्यक्रम
वाङले मंगलबार बिहान सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
चन्द्रागिरि पुगे
सोमबार दिउँसो चिनियाँ विदेशमन्त्री वाङ आफ्नो प्रतिनिधिमन्डलसहित चन्द्रागिरि पुगेर पदयात्रा गरेका थिए ।
केबलकार चढेर चन्द्रागिरिको चुचुरोमा पुगेका वाङले त्यस क्षेत्रमा करिब डेढ घन्टा पदयात्रा गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणकाक्रममा विदेशमन्त्री वाङ आइतबार काठमाडौं आएका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्