एक वर्ष बढीमा थिएटरमा भेटिए किम दम्पती, लिए कन्सर्टको मज्जा • Image Khabar Image Khabar


एक वर्ष बढीमा थिएटरमा भेटिए किम दम्पती, लिए कन्सर्टको मज्जा


Imagekhabar
५ फाल्गुन २०७७, बुधबार ०८:१६

एक वर्ष बढीमा थिएटरमा भेटिए किम दम्पती, लिए कन्सर्टको मज्जा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग र उनकी पत्नी री सोल जु, एक बर्ष भन्दा बढीमा बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

किम सार्वजनिक बिदाका दिन देशकै सबैभन्दा ठूलो कन्सर्टमा सहभागी भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । छन् ।

वर्कर्स पार्टीको अफिसियल समाचारपत्रका अनुसार किमको दिवंगत बुबा र पूर्व नेता किम जोंग इलको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनीहरु उपस्थिति भएका हुन् ।

री प्रायः किमसँग ठूला सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन्छिन् । तर गत वर्ष जनवरीको न्यू इयरको छुट्टीको कार्यक्रमदेखि री कुनै कार्यक्रममा उपस्थित भएकी छैनन् ।

उनी उपस्थित नहुनुको कारण उनको स्वास्थ्य र सम्भावित गर्भावस्थाको बारेमा अनुमान लगाइएको थियो ।

दक्षिण कोरियाको नेशनल इंटेलिजेंस सर्भिस (एनआईएस) ले मंगलवार बताए अनुसार री कोरोनाभाइरस संक्रमणको शिकार हुनबाट बच्न बाहिरी गतिविधिबाट टाढा रहेकी थिइन् । तर उनी आफ्ना बच्चाहरुसंग मज्जाले खेलिरहेकी हुन्थिन् । एनआईएसले बताएअनुसार री र किमका तीन बच्चा छन्।

कोरियामा अहिलेसम्म कुनै पनि कोरोना भाइरसको केस पुष्टि भएको छैन् । तर इनआइसीका अनुसार चीनसँग आवतजावत भैरहेकाले यसको प्रकोपलाई इन्कार गर्न भने सकिन्न । प्योंगयांगको राजधानी मंसुदे आर्ट थिएटरमा कन्सर्ट हेर्दा री र किम मुस्कुराएका थिए ।

रोडोंग सिनमुनद्वारा प्रकाशित फोटोहरूमा त्यहाँ कोहीले मास्क लगाएका थिएनन् र सामाजिक दुरी कायम गरिएको थिएन । उक्त अखबारले जनाएअनुसार किमले आफ्नो बुवा र हजुरबुबाको समाधिस्थलको भ्रमण समेत गरेका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्