
काठमाडौं, भदौ २३ । कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
कीर्गिस्तानको काराकोलस्थित केन्द्रीय रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।
सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।
जितसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अंक बटुलेको छ ।
आइतबार भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो ।
त्यस्तै, समान दुई खेल नै खेलेको नेपालको ३ अंक छ ।
नेपालले अब आफ्नो तेस्रो खेल मंगलबार ताजिकिस्तानसँग खेल्नेछ ।
नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औं मिनेटमा गोल गरेको थियो ।
नादेज्दा कपमा नेपालसँगै कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्