मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो • Image Khabar Image Khabar


मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो


Imagekhabar
३ फाल्गुन २०७७, सोमबार १२:२९

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।

भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको जनाएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले चालू आर्थिक बर्ष २०७७/०७८ को हालसम्ममा महाशाखाले उपत्यकामा हराएका १ सय ९६ मोटरसाइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । साथै यस अवधिमा मोटरसाइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर उनिहरुमाथी मुद्धा चलाइएको पनि महाशाखाले पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्