काठमाडौं, भदौ २१ । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–१६, माछापोखरीबाट दुईओटा पेस्तोलसहित सातजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुईओटा पेस्तोल लिएर हिँडिरहेको अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सात व्यक्तिलाई दुईओटा पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।
‘गुन्डागर्दीमा संलग्न रहेका उनीहरु पेस्तोल र गोलीसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं’–उनले भने ।
पक्राउ विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउपर्नेको नाम खुलाएको छैन । रासस
प्रतिक्रिया दिनुहोस्