
विराटनगर, साउन ७ । नेपाली कांग्रेसका नेता रमेश लेखकले डा. गोविन्द केसीका माग पूरा नभएसम्म्म कांग्रेसले सडक आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले डा. केसीका माग आमजनताका साझा मुद्दा भएकाले सरकारले सम्बोधन गर्न आवश्य रहेको बताए ।
२४ दिनसम्म अनशन बस्दा पनि सरकारले वार्ताको वातावरण नबनाउनु गम्भीर विषय भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्