१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


क्यानडामा अन्धाधुन्ध गोली प्रहार


0
Shares

काठमाडौं, साउन ७ । क्यानडाको टोरन्टोमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा एकजना महिलाको मृत्यु भएको छ ।

आइतबार राति डान्फोर्त र लोगन क्षेत्रमा भएको घटनामा कम्तीमा १३ जना घाइते भएका छन् ।

बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् ।

घाइतेमध्ये एकजना युवतीको अवस्था गम्भीर रहेको छ । आक्रमणको उद्देश्य भने स्पस्ट नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)