Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


सिन्धुलीमा डेंगु संक्रमण फैलिन नदिन सर्वपक्षीय छलफल


0
Shares

सिन्धुली, भदौ २० । पछिल्लो समय देशभरी डेंगु रोगको महामारी फैलिएपछि सिन्धुलीमा रोग फैलिन नदिन सर्वपक्षीय छलफल गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आयोजना गरेको कार्यक्रममा डेंगु नियन्त्रणका लागि सबैले आफ्नो घरवरिपरि सफा राख्ने, जमेको पानी नराख्ने, रोगको लक्षण देखापरेमा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने, डेंगु रोगका विरुद्ध जनचेतना अभिवृद्धि गर्नका लागि प्रचारप्रसार गर्ने जस्ता कार्यहरु गर्ने विषयमा छलफल गरिएको थियो ।

नेपालका ४० भन्दा बढी जिल्लामा डेंगु महामारीका रूपमा फैलिएको, सरकारी निकायले मात्रै रोग नियन्त्रण गर्न नसकिने हुँदा सबैले डेंगु महामारी नियन्त्रण गर्न आाफ्नो क्षेत्रबाट कदम चाल्नुपर्ने सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा काठमाडौं, मकवानपुर, चितवन, कास्की, कैलाली, सुनसरी, झापा, मोरङ लगायतका जिल्लाको विभिन्न ठाउँमा डेंगुकोे संक्रमण देखिएको, ०७६ सालमा ३ हजारभन्दा धेरै नागरिकमा डेंगुका समस्या देखिएको जनाईएको थियो ।

एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाईले डेंगु रोग सार्ने भएकाले यस्ता लामखुट्टेको दिउँसोको टोकाईबाट बच्नुपर्ने बताइएको छ ।