
काठमाडौं, भदौ १९ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल डेंगी रोगबाट संक्रमित भइ ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।
उनको उपचारमा डा. विनय रेग्मीसहितको टोली संलग्न छ ।
मंगलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल गएका थिए ।
उपचारकाक्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सन्चारविज्ञ बोमलाल गिरीले जानकारी दिए ।
टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो ।
सरुवा रोग अस्पतालमा शय्याको अभाव भएपछि निदान अस्पतालबाट ग्रान्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ ।
विज्ञ गिरीले भने–‘टेकु अस्पतालमा शय्या अभाव भएपछि ग्रान्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो । उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।’
मंगलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गरेका थिए ।
सोही दिन उनी मन्त्रालयको तीनओटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी भएको सन्चारविज्ञ गिरीले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र डेंगी रोगको उच्च जोखिम देखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्