विवादास्पद नियुक्ति पाएका निर्वाचन आयुक्तलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी • Image Khabar Image Khabar


विवादास्पद नियुक्ति पाएका निर्वाचन आयुक्तलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी


Imagekhabar
२६ माघ २०७७, सोमबार ०७:००

विवादास्पद नियुक्ति पाएका निर्वाचन आयुक्तलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी

काठमाडौं । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ।

नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रुपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् ।

अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ। दुई आयुक्त थपिएपछि आयेगले शुक्रवार जिम्मेवारी बाँडफाँड गरेको थियो ।

त्यसैअनुसार कानुनी पृष्ठभूमीका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिएको हो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्