Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन


52
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो ।

कांग्रेसका विभिन्न २४ वटा शुभेच्छुक संघसंस्थाले विर्तामोडमा विरोध ¥याली निकालेर प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापन हुनु पर्नेमा कांग्रेस नेताहरूको जोड दिएका छन् ।

विरोध सभालाई कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाँई, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, कांग्रेसका झापा सभापति उद्धव थापा, नेपाल टे«ड युनियन झापाका सभापति यज्ञप्रताव अधिकारीलगायतले सम्बोधन गर्नु भएको थियो ।