
रसुवा, माघ २३ । बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले रसुवाको आमाछोदिङ्मो गाँउपालिका– ३ मा रहेको पार्वतीकुण्डको संरक्षण तथा सम्वद्र्धनमा जोड दिएको छ ।
कुण्डको वरिपरी फैलिएको बोझोझार हटाउने तथा कुण्डको आकार बढाएर पानी जमाइ निर्माण गरिएको १०८ वटा धारा नुहाउन योग्य बनाइएको छ ।
बागमती प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७४ लाख ४८ हजार रुपैयाँको लागतमा उक्त धारा निर्माण सम्पन्न गरेकोे हो ।
यसैगरि प्रवेशद्वारसँगै कुण्ड वरिपरी परिक्रमा गर्न एक मिटर चौडाइ रहेको करिब चार सय मिटर लम्बाइको बाटो निर्माण गरिएको छ ।
कुण्डमा स्नान गरि परिक्रमा गर्न चाहने भक्तजनलाई सहज हुने विश्वास लिइएको छ ।
धादिङको रुबी भ्याली गणेश र साङजेन हिमाल तथा समथर घाँसे मैदान सोमदाङ उपत्यका, एवं धार्मिक स्थल जागेश्वर कुण्ड जस्ता पर्यटकीय क्षेत्रहरुमा यसै स्थानबाट पदयात्राको सुरु गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्