
इलाम । इलाम सदरमुकाममा रहेको इलाम अस्पतालमा बिरामीको चाप वढेको छ ।
सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप वढेको हो ।
बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरुलाई समस्या भएको छ । इलाममा एउटा मात्र अस्पताल भएकाले बिरामीको चाप बढेको हो ।
५० सैया मात्र भएको यस अस्पतालमा एक साता यता दैनिक एक सयभन्दा वढी बिरामी आउने गरेका छन् ।
बिरामीको संख्या बढेपछि उपचारमा पनि समस्या भएको अस्पतालले जानकारी दिएको छ ।
विशेष गरेर रुघाखोकी र ज्वरोका बिरामी बढेको चिकित्सक दिपिका रिजालले जानकारी दिए ।
बिरामी बढेपछि सामान्य रोगको उपचारका लागि पनि बाहिर जान पर्ने समस्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्