
कपिलबस्तु, जेठ ३१ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक किसानले पालेका लाखौं रुपैयाँ पर्ने माछा गर्मीका कारण मरेका छन् ।
बाणगंगा नगरपालिका वडा नं. १० को ठूलो गलाहाका किसान मदन यादवले पालेका ५० लाख रुपैयाँभन्दा बढीका माछा मरेका हुन् ।
४४ कठ्ठा क्षेत्रफलमा रहेका २ वटा पोखरीमा पालिएका माछा मरेपछि यादव चिन्तित भएका छन् ।
एकै पटक ठूलो संख्यामा माछा मरेपछि नगरपालिकाको कृषि शाखा प्रमुख धनीराम आचार्यलगायतको टोलीले पोखरीको स्थलगत अवलोकन गरेको छ ।
यसैबीच नगरका उपमेयर चक्रपाणी अर्यालले यादवलाई सहयोगका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने बताए ।
गाउँ नजिकैको पोखरीका माछा मरेपछि उक्त क्षेत्रमा दुर्गन्ध फैलिएको छ । केही साता यता कपिलवस्तुमा गर्मी निकै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्