
काठमाडौं, भदौ १७ । नेपाली सेनाको श्रीजगदल गण छाउनी र सहिद गंगालाल प्रगति क्लबले संयुक्तरुपमा निर्माण गरेको स्वास्थ्यचौकीको मंगलबार उद्घाटन गरिएको छ ।
काठमाडौंको शोभाभगवतीमा निर्माण गरिएको स्वास्थ्यचौकीको नेपाली सेना १६ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी प्रयोग जबराले उद्घाटन गरे ।
उनले नेपाली सेना पनि नेपाली नागरिकको साथमा रहेको भन्दै विकास निर्माणका काममा सहभागी हुने बताए ।
उनले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा नेपाली सेनाले सहयोगीको भूमिका निर्वाह गरेको बताए ।
स्वास्थ्यचौकी श्रीजगदल गण र सहिद गंगालाल प्रगति क्लबको ८ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
स्वास्थ्यचौकी उद्घाटनसँगै मंगलबार निःशुल्क स्वास्थ्य शिविर पनि राखिएको छ ।
शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी र साधारण रोगको परीक्षण गरी औषधि वितरण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्