३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा


0
Shares

काठमाडौं । एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो ।

ग्रानडाका केनेडी, रोबर्टाे सोल्डाडो र फेडे भिकोले गोल गरे । ग्रानडामा गयराति भएको खेलमा घरेलु टोलीले खेलको ३३ औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो ।

४७ औं मिनेटमा एन्जल मोन्टोरोको पासमा रोबर्टाे सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर पारे । तर, अन्तिम समयमा बार्सिलोनाले दुई गोल गर्दै खेललाई अतिरित्त समयमा लम्ब्यायो ।

८८औं मिनेटमा एन्टोइन ग्रिजमनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कने संकेत गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोर्डी अल्वाले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

१०० औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए । तर १०३औं मिनेटमा फेडे भिकोले पेनाल्टीमा गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

१०८औं मिनेटमा फ्रान्की डि जोङले तथा ११३ औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ५–३ को पूनरागमन जित दिलाउदै अन्तिम चारको यात्रा तय गराए । एजेन्सी