Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


सिलिचलाई पराजित गर्दै नदाल क्वाटरफाईनलमा


0
Shares

काठमाडौं, भदौ १७ । दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नदाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३–१ को सेटमा हराउँदै नदाल अन्तिम आठमा पुगेका हुन् ।

सिलिच विरुद्धको खेल नदालले ६–३, ३–६, ६–१ र ६–२ को सेटमा जिते । नदालले अब क्वाटरफाईनलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्नेछन् ।