८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस मनाईदै


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे

१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे ।

राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन विताएर राजनीतिक सन्देश दिएका थिए ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए ।

पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।