१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


यसकारण ‘जुम्बा’प्रति आकर्षण


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, भदौ १६ । भैरहवामा पछिल्लो समय ‘जुुम्बा’ नृत्यप्रति आकर्षण बढेको छ ।

आफूलाई स्वस्थ राख्नका लागि विभिन्न योग तथा व्यायाममा लागेका युवादेखि पाकापुस्तासम्म अहिले जुम्बा नृत्यमा आकर्षित भएका हुन् ।

दैनिक एक घन्टा जुम्बा नृत्य गर्दा ८०० देखि एक हजार क्यालोरी घटाउन सकिने र आफूलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले अहिले बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्तिहरु जुम्बामा आकर्षित छन् ।

भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आयोजना गरेको ‘फ्रिडम फर डाइबिटिज विथ जुम्बा’मा सबै उमेर समूहका व्यक्तिको सहभागिता रहेको थियो ।

गीतको तालमा नाचिने भएको र छोटो समयमै तौल नियन्त्रण गर्न सकिने भएकाले यसमा सबै उमेर समूहका मानिसको आकर्षण बढेको कार्यक्रम संयोजक विनित उपाध्यायको भनाइ छ ।

सहज तरिकाले नाच्न सकिने भएकाले गर्भवतीलेसमेत जुम्बा गरेर तौल नियन्त्रण गर्न सक्छन् ।

जुम्बा संगीतका माध्यमबाट गरिने नाच हो । जसबाट आलस्यपना र तनाव कम हुने तथा युरिक एसिड, थाइराइड, मुटुरोगलगायतका समस्या घट्ने जुम्बा प्रशिक्षक सुनिल गुप्ता बताउँछन् ।

भिडियो हेर्नोस्