
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ ।
परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरूङ मार्गसमेत निर्माण गरिसकेको छ ।
परियोजनाले आज सुरूङतर्फ पानी फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरूण धिमानले जानकारी दिनुभयो ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नु भएको थियो ।
अरूण नदीको पानी थुनेर आज सुरूङतर्फ फर्काइने छ र बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत् गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।
बाँधस्थलमा जयप्रकाश एशोसिएटस निर्माण कम्पनीले तथा विद्युत् गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।
परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदारले काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्