Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बारबरा फाउन्डेसनद्धारा तीन पत्रकारसहित १९ जना सम्मानीत


0
Shares

काठमाडौं, माघ १६ । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ ।

फाउन्डेसनले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी, पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ ।

पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ ।

त्यसैगरी पत्रकारहरु फातिमा बानु, बर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारिता तर्फ कोभिड १९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्य, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्यलगायतलाई पनि पुरस्कृत गरिएको छ ।