२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थप १५७ कोरोना संक्रमित, ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।

२४ घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण भएको छ ।