११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


जग्गाको विषय नटुंग्याइ काम सुरु गरेको भन्दै सुनकोशीका स्थानीय आन्दोलीत


0
Shares

काठमाडौं, माघ १६ । जग्गा अधिग्रहण र मुआब्जाको विषय नटुंग्याइ काम सुरु गरेको भन्दै सुनकोशी मरिन डाइभर्सन आयोजना स्थलका स्थानीय माझी समुदाय आन्दोलित भएका छन् ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण र मुआब्जा जस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरु आन्दोलित भएका हुन् ।

रामेछाप र सिन्धुलीका प्रभावित क्षेत्रका जनताहरुले आफुहरुको हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।

आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माण कार्य अगाडि बढाएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलित भएका छन् ।

उनीहरुले आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी १ सय ६९ अनुसार आदिवासी जनजाती हितसम्बद्ध अन्तर्राष्ट्रिय सम्झौता पालना गर्न पनि माग गरेका छन् ।