काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
काठमाडौं–२४, यटखास्थित मातृ सशक्तिकण समूहले शनिबार काठमाडौंमा गरेको निःशुल्क जंकु (भीमरथारोहण) कार्यक्रममा उनले काम गर्न नसक्ने सरकार सत्तामा बसिरहनुको औचित्य नभएको बताए ।
नेता जोशीले सरकारका कारण जनतामा निराशा बढ्दै गएको र त्यसको असर युवा वर्गमा देखिन थालेको बताए ।
कार्यक्रममा ७७ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको पूजापाठसहित भीमरथारोहण गरिएको थियो ।
काठमाडौं महानगरपालिका–२४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले कला, संस्कृतिको संरक्षण र ज्येष्ठ नागरिकको सम्मानका लागि यस वर्षदेखि भीमरथारोहणको सुरुआत गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्