६ वर्षीया बालिका बेच्न खोज्ने महतो जनकपुरबाट पक्राउ • Image Khabar Image Khabar


६ वर्षीया बालिका बेच्न खोज्ने महतो जनकपुरबाट पक्राउ


Imagekhabar
१५ माघ २०७७, बिहीबार १३:४६

६ वर्षीया बालिका बेच्न खोज्ने महतो जनकपुरबाट पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतो रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिका बेचबिखन गर्न लागेको खबर पाएपछि प्रहरी चौकी जटहीबाट खटिएको प्रहरी टोलीले नगराईन नगरपालिका–२ बाट उनलाई पक्राउ गरिएको हो ।

महतोमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्