निर्वाचनमा दाहाल-नेपाल समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


निर्वाचनमा दाहाल-नेपाल समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली


Imagekhabar
१४ माघ २०७७, बुधबार १९:३१

निर्वाचनमा दाहाल-नेपाल समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल नेपाल समूहको १० सिट पनि नआउने ठोकुवा गर्नुभएको छ ।

बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा दाहाल -नेपाल समूहले १० सिट पनि नजित्ने ठोकुवा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दाहाल-नेपाल सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गर्नुभयो ।

दाहाल नेपाललाई जनतालाई कहिल्यै माफ नगर्ने भन्दै प्रधानमन्त्री ओलीले वैशाख २७ सम्म पुग्दा उहाँहरु बरफ पग्लिए जसरी पग्लिएर सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको जिकिर दोहार्याउनुभयो ।

विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उहाँले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टी एक ढिक्का बनाई अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्